गुल्मी-२ को चुनाव: गोकर्ण कि झाँक्री ?

काठमाडौं, ६ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर-२ मा अनौठो भिडन्त हुने देखिन्छ । त्यहाँ ६५८ मत मात्रै भएको एकीकृत समाजवादीले दाबी राखेको छ ।

गुल्मी-२ नेकपा एमालेका सचिव गोकर्ण विष्ट र एकीकृत समाजवादीकी सचीव रामकुमारी झाँक्रीको निर्वाचन क्षेत्र हो । सम्भवत गुल्मी-२ मा यसपटक यिनै दुईजनाबीच प्रतिस्पर्धा हुनेछ ।

झाँक्रीलाई हालको सत्ता गठबन्धनभित्रका दलको समर्थन हुनेछ । मतको आधारमा यो क्षेत्रमा नेकपा एमाले बलियो छ । अझै रोचक कुरा त सत्ता गठबन्धनको उम्मेदवार बन्‍ने झाँक्रीको आफ्नै पार्टीको मत जम्मा ६ सय ५८ मात्रै हो ।

गएको स्थानीय निर्वाचन २०७९ को वडाध्यक्षको मतका आधारमा हिसाब गर्दा गुल्मी-२ मा एमाले सबभन्दा बलियो दल हो । एमालेले ३१ हजार २ सय ५३ मत पाएको छ भने झाँक्रीको दल एकीकृत समाजवादीको मत जम्मा ६ सय ५८ देखिन्छ ।

तर सत्तारुढ गठबन्धनमा रहेको नेपाली काँग्रेसको २९ हजार ८ सय २१ र माओवादी केन्द्रको १ हजार ८ सय ४१ मत छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय