वाइसिएल अध्यक्षमा श्रीपाली
काठमाडौं, ६ भदौ । नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को अध्यक्षमा सुबोध श्रीपाइली चुनिएका छन् । यसअघि उनी सो संगठनमा सहसंयोजक थिए ।
काठमाडौंमा भएको राष्ट्रिय भेलाबाट अध्यक्षमा श्रीपाली र महासचिवमा गणेश शाही चयन भएको वाइसिएलले जनाएको छ । भेलाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।
त्यस्तै, भेलाबाट पदाधिकारी ६१ जनाको र केन्द्रीय समिति ३५१ सदस्यीय हुने घोषणा गरेको छ । अध्यक्ष र महासचिवबाहेक केही पदाधिकारी र सदस्य घोषणा हुन बाँकी छ ।
पदाधिकारीमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ । चुनावलक्षित गरेर वाइसिएललाई सक्रिय बनाउँदै माओवादीले देशभर आफ्नो प्रभाव कायम राख्न लागेको बुझिएको छ ।