सन्दीपले डेजर्ट भाइपर्सबाट खेल्ने
काठमाडौं, ४ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगितामा डेजर्ट भाइपर्सबाट खेल्ने भएका छन् ।
भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गर्दा सन्दीपसहित इंग्ल्यान्डका साम बिलिङ्स, टम करान, बेन डकेट र एलेक्स हेल्स तथा श्रीलंकाका वानिन्दु हसरंगा, वेस्टइन्डिजका शेल्डन कट्रेललगायत खेलाडी छन् ।
सन्दीप यसअघि नै मार्की खेलाडीको रुपमा अनुबन्ध भएका थिए । त्यसबाट उनलाई भाइपर्सले लिएको हो ।
इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको पहिलो संस्करणको इन्टरनेशनल लिग टी-२० क्रिकेट आगामी २०२३को जनवरी ६ देखि फेब्रुअरी १२ सम्म हुनेछ ।
प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले डबल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।