सन्दीपले डेजर्ट भाइपर्सबाट खेल्ने

काठमाडौं, ४ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगितामा डेजर्ट भाइपर्सबाट खेल्ने भएका छन् ।

भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गर्दा सन्दीपसहित इंग्ल्यान्डका साम बिलिङ्स, टम करान, बेन डकेट र एलेक्स हेल्स तथा श्रीलंकाका वानिन्दु हसरंगा, वेस्टइन्डिजका शेल्डन कट्रेललगायत खेलाडी छन् ।

सन्दीप यसअघि नै मार्की खेलाडीको रुपमा अनुबन्ध भएका थिए । त्यसबाट उनलाई भाइपर्सले लिएको हो ।

इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको पहिलो संस्करणको इन्टरनेशनल लिग टी-२० क्रिकेट आगामी २०२३को जनवरी ६ देखि फेब्रुअरी १२ सम्म हुनेछ ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले डबल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...