थप ६२३ जनामा कोरोना संक्रमण

काठमाडौं, ३ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ६२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा गरी कुल ६२३ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कसैको पनि मृत्यु भएको छैन भने संक्रमणमुक्त हुनेको संख्या ४८७ रहेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०२४ रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय