कुरिनटारमा भएको सवारी दुर्घटनामा दुईको ज्यान गयो

चितवन, ३ भदौ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकाना गाउँपालिका-४ कुरिनटारमा शुक्रबार विहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

विहान करिब साढे ३ बजेको समयमा काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको ना ६ ख ५९१३ नम्बरको ट्रकको पछाडि सोही दिशाबाट आइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

घटनापछि गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुईजनाको उपचारका क्रममा भरतपुरमा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा दैलेखका २५ वर्षीय सरोज रोकाया र सर्लाही स्थायी ठेगाना भई काठमाडौं बस्दै आएका ३२ वर्षीय सरोज माझी रहेका छन् ।

ट्रक र ट्रक चालक तथा दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय मुग्‍लिनको नियन्त्रणमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय