नागरिकता विधेयक संसदबाट जस्ताको त्यस्तै पारित
काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको भएपनि नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भएको छ ।
बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुप (प्रस्तुत रुप) मा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको थियो ।
मतदानका बेला १९५ जना सांसद बैठकमा उपस्थित भएका थिए । प्रस्तावको विपक्षमा ६० मत परेको थियो ।
बिहीबार दिनभर प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको थियो ।