दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

दार्चुला, १ भदौ । दार्चुलाको उल्लानीमा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका चार जनाको उद्दार गरेर उपचारका लागि गोकुलेश्वर पठाइएको छ भने अन्य घाइतेको उद्दार भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय