बञ्चरेडाँडामा तनाव बढेपछि प्रहरीको हवाइफायर
काठमाडौं, ३१ साउन । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध पुर्याइएपछि बञ्चरेडाँँडामा पुनः तनाव भएको छ ।
तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाइफायर गरेको छ ।
फोहोरको गाडी अगाडि बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।
त्यसपछि स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि करिब ५ राउन्ड हवाइफायर गरिएको हो ।