भारतबाट अझै घटेर आयो इन्धनको मूल्य, नेपालमा के हुन्छ ?

काठमाडौं, ३१ साउन । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमलाई प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० घटेर आएको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको छ ।

अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ । भारतबाट सस्तिएर आउँदा पनि घाटा रहेको निगमका अधिकारीहरुको दाबी छ ।

नयाँ मूल्य पछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ घाटा रहने छ । उपभोक्ता मूल्य घट्ने/नघट्ने बारे आजै पत्रकार सम्मेलनमार्फत जानकारी दिइने जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय