धादिङका पुरुष र दाङकी महिला बुटवलको होटलमा मृत फेला

सांकेतिक तस्वीर

रुपन्देही, ३१ साउन । रुपन्देहीको बुटवलस्थित एक होटलमा पुरुष र महिला मृत भेटिएका छन् ।

फूलबारी चोकमा रहेको कारीकोट होटलको कोठामा सोमबार दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरू आइतबार राति होटलको कोठामा सँगै बसेका थिए । पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका थिए भने महिला ओछ्यानमा मृत फेला परेकी थिइन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मृत भेटिनेमा धादिङ घर भएका ३६ वर्षीय सिताराम भुजेल छन् भने दाङकी २५ वर्षीया महिला छन् । उनको नाम यकिन भएको छैन ।

दुवैको शव पोस्टमर्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • के नेपाली कांग्रेस फुट्छ ?

    नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन र गम्भीर मोडमा पुगेको छ। पार्टीको नाम र झण्डा एउटा भएपनी गुट र गुटैपिच्छे नेता र कार्यालय...