लोकतान्त्रिक शेर्पा संघको अध्यक्षमा नाम्गेल शेर्पा
काठमाडौं, ३१ साउन । नेकपा (एमाले) निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो महाधिवेशनबाट अध्यक्षमा नाम्गेल शेर्पा निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न दोस्रो महाधिवेशनले नाम्गेल शेर्पाको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । शेर्पा केही समयअगाडि मात्रै नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा आङ काजी शेर्पा, उपाध्यक्षमा पेम्बा शेर्पा, फुर ल्हाक्पा शेर्पा, ङवाङ निमा शेर्पा र ल्हाक्पा शेर्पा निर्वाचित भएका छन् । यसैगरी महासचिवमा आङ पेम्बा शेर्पा उप-महासचिव मिग्युर शेर्पा निर्वाचित भएको एमाले नेता पासाङ शेर्पाले जानकारी दिए ।
संघले शेर्पा जातीको हकहित र अधिकारको मुद्धा उठाउँदै आएको छ । शेर्पाजातीको धर्म, भाषा, कला र संस्कृतिको संरक्षण र प्रर्वद्धनको काम संघले गर्दै आएको छ । नेपालमा सुचीकृत ५९ आदिवासी जनजातिमध्ये शेर्पा पनि एक हो ।