राष्ट्रपति भण्डारी पोखरामा, यस्ता छन् कार्यक्रम

पोखरा, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा आएकी छन् । विभिन्न कार्यक्रममा सहभागी हुन भण्डारी बुद्ध एयरको जहाजमार्फत पोखरा आएकी हुन् ।

पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बसेकी छन् । उनी मंगलबार विहान पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपति मङ्गलबार विहान १० बजे ट्होंटे पर्वको कार्यक्रममा सहभागी भइ काठमाडौँ फर्कने बताइएको छ ।

राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...