राष्ट्रपति भण्डारी पोखरामा, यस्ता छन् कार्यक्रम

पोखरा, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा आएकी छन् । विभिन्न कार्यक्रममा सहभागी हुन भण्डारी बुद्ध एयरको जहाजमार्फत पोखरा आएकी हुन् ।

पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बसेकी छन् । उनी मंगलबार विहान पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपति मङ्गलबार विहान १० बजे ट्होंटे पर्वको कार्यक्रममा सहभागी भइ काठमाडौँ फर्कने बताइएको छ ।

राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...