धनगढीमा एक पुरुष मृत फेला

कैलाली, २९ साउन । कैलालीको धनगढीमा एक पुरुष मृत भेटिएका छन् । शनिबार राति करिब ८ बजेको समयमा उनी मृत भेटिएका हुन् ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित मोहनापुल–अत्तरीया सडकखण्डको दायाँतर्फको लेनभन्दा बाहिर मृत भेटिएका ती पुरुष राजापुरका ३५ वर्षीय छिता राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसबारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय