३ हजार १६५ जनाको परीक्षणमा २६३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएका हुन् ।
एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा गरी कुल २६३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।