प्रहरीको गाडी दुर्घटना हुँदा दुई डिएसपीसहित पाँच घाइते

रासस

रुकुम, २८ साउन । रुकुम (पुर्व)मा नेपाल प्रहरीको गाडी दुर्घटना हुँदा दुई प्रहरी नायब उपरिक्षकसहित पाँचजना घाइते भएका छन् ।

घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् ।

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो ।

गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए ।

घाइते प्रहरीहरुको हेलिकप्टरमार्फत् उद्दार गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय