पृथ्वी राजमार्गबाट ट्रक त्रिशुलीमा खस्यो

चितवन, २८ साउन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको नाग्दीखोलाबाट ट्रक त्रिशुली नदीमा खसेको छ ।

शनिबार विहान करिब ९ बजेको समयमा इच्छाकामना गाउँपालिका-५ अन्तर्गत नाग्दी खोलाबाट इट्टा बोकेको ट्रक त्रिशुलीमा खसेको हो ।

ट्रकको अगाडिको सिसा झाडीमा र ढोका नदी किनारमा देखिएको छ भने इट्टाका टुक्राहरु छरिएको देखिएको छ । ट्रकको अन्य भाग नदीमा पूरै डुबिसकेको अनुमान छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको छ भने उद्दारको काम सुरु गरिदै छ ।

थप विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय