काठमाडौं-३ बाट काङ्ग्रेसमा आकांक्षी बढ्दै

काठमाडौं, २६ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्‍न काठमाडौं-३ मा काङ्ग्रेसका दर्जनबढी नेताहरू आकांक्षी देखिएका छन् ।

काठमाडौं-३ मा नेपाली काङ्ग्रेसबाट युवादेखि पुराना नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रन लागेका हुन् । काठमाडौं-३ बाट प्रतिनिधिसभामा २०७४ मा नेकपा एमालेका कृष्ण राईले काङ्ग्रेस केन्द्रीय सदस्य अम्बिका बस्‍नेतलाई पराजित गरेका थिए ।

प्रदेशसभामा भने काङ्ग्रेस र एमालेले एक/एक सिट जितेका थिए । यसपटक पनि यस क्षेत्रबाट प्रतिनिधिसभामा काङ्ग्रेस केन्द्रिय सदस्य बस्‍नेतसहित अन्यले दाबी गरिरहेका छन् ।

बस्‍नेतसँगै काङ्ग्रेस काठमाडौं-३ का क्षेत्रीय सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसे, काङ्ग्रेस महासमिति सदस्य युवा नेता हरिबोल भन्डारीको चर्चा छ ।

तर, प्रदेशसभा (क) र (ख) मा भने हालको बागमती प्रदेस सभा सांसद छिरिङ दोर्जे लामाले (क) मा नै दोहोर्‍याउने चर्चा छ । उनीसँगै काङ्ग्रेस बागमती प्रदेस सदस्य नानु दाहाल, ट्रेड युनियन काङ्रेस केन्द्रिय सङ्गठन विभाग उप-प्रमुख राजन पोख्रेलको दाबी छ ।

यसैगरी काङ्ग्रेस नेता तथा लायन्स पुर्व गभर्नर कुमार सुवेदी, काङ्ग्रेस बागमती प्रदेश सदस्य नातिकाजी कार्की, बागमती प्रदेश सदस्य गिता सिंखडा, प्रदेश (क) क्षेत्रीय सभापति श्रीराम चालिसे, काङ्ग्रेस नेता बिमल ठकुरी, नेपाली काङ्ग्रेस काठमाडौ जिल्लाको पूर्व सदस्य दिवाकर न्यौपाने, चन्द्रदिप लामा काजु, डा.सुन्दर सिंह बोहोरा, मनोज ढुंङ्गाना लगाएतको दाबी हुनसक्ने काङ्ग्रेस वृत्तमा चर्चा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय