चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

चितवन, २६ साउन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार राति करिब ८ बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले भरतपुर-२९ जुगेडीमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान भने खुलेको छैन ।

ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय जुगेडीले नियन्त्रणमा लिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • सक्षम प्रधानमन्त्रीलाई बधाई !

    आज फागुन २१ नेपालीका लागि ऐतिहासिक दिन सावित भएको छ। देशकै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै दिन आज प्रतिनिधि...