सुटिङका क्रममा शिल्पाको खुट्टा भाँचियो

एजेन्सी, २५ साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टी सुटिङका क्रममा घाइते भएकी छन् । सुटिङका क्रममा शिल्पाको खुट्टा भाँचिएको हो ।

यसबारेमा शिल्पा आफैंले पनि सामाजिक सञ्‍जालमा तस्वीर पोस्ट गर्दै जानकारी दिएकी छन् ।

तस्वीरमा शिल्पा ह्‍विलचेयरमा बसेको देख्‍न सकिन्छ । यद्यपि उनी मुस्कुराएर पोज दिएकी छन् र चाँडै थप ऊर्जाका साथ काममा फर्कने बताएकी छन् ।

रोहित शेट्टीको निर्देशनमा बनिरहेको वेबसिरिज ‘इन्डियन पुलिस फोर्स’ को सुटिङ क्रममा उनको खुट्टा भाँचिएको हो ।

उनी कम्तिमा ६ हप्ता आराम गर्ने छिन् त्यसपछि पुनः सुटिङमा फर्कने जनाएकी छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय