बझाङमा एकै परिवारका तीनजना झुन्डिएको अवस्थामा भेटिए

फाइल तस्वीर

बझाङ, २५ साउन । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । बझाङको बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई छोराछोरी मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको प्रहरीले जनाएको छ ।

उनीहरु घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । पुष्कर पार्की गएरातिमात्र भारतबाट फर्किएका थिए । उनलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरीको अनुसन्धान टोली त्यसतर्फ गएको छ । स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय