गौरीघाटमा सडकमै बागमती बगेपछि घर र पसल डुबानमा

काठमाडौं, २५ साउन । मङ्गलबार रातिदेखिको वर्षापछि बागमती नदीमा आएको बाढीले काठमाडौको धेरै ठाउँमा क्षति गराएको छ । दिउँसैदेखिको वर्षाराति पनि निरन्तर जारी रहेपछि राती ११ बजेपछि बाढी आउन थालेको थियो ।

बाढीपछि खोला किनारका बासिन्दा प्रभावित हुनुका साथै गौरीघाट क्षेत्रका पसल तथा व्यक्तिका घरका कोठा समेत डुबानमा परेको थियो । ती क्षेत्रका पसलमा अहिले भने पानी घट्दै गएको छ । सो क्षेत्रका एक तल्लासम्मका घरहरू पनि डुबानमा परेका थिए ।

गौरीघाट क्षेत्रमा रहेका ७० भन्दा बढी पसल, पार्किङमा राखेको गाडी, मोटरसाइकलमा समेत बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा ठूलो पानी परेपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना पनि जारी गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय