रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला
मोरङ, २४ साउन । मोरङको सुन्दरहरैंचा नगरपालिका-८ मा एक कन्टेनरभित्र पुरुषको शव फेला परेको छ ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत सलकपुरमा केही दिनदेखि रोकिराखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरभित्र अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हो ।
कन्टेनरको अगाडिको सिटमा शव भेटिएको र मृतकको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
चालकसँगैको अर्को सिटमा शव भेटिएको हो । यसबारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।