प्रिमियर लिगः सालाहको गोलले लिभरपुल हारबाट जोगियो

काठमाडौं, २१ साउन । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु भएको छ । शुक्रबार राति भएको पहिलो खेलमा आर्सनल विजयी भयो ।

शनिबार साँझ सम्पन्‍न आफ्नो पहिलो खेलमा बलियो टोली लिभरपुलले भने बराबरी खेलेको छ । लिभरपुलले फुलहामसँग २-२ गोलको बराबरी खेलेको हो ।

दुईपटकको अग्रता जोगाउन नसक्दा फुलहाम भने स्पष्‍ट ३ अंक हासिल गर्नबाट वञ्‍चित भयो । फुलहामका दुवै गोल अलेकजेन्डर मिट्रोभिकले गर्दा लिभरपुलका लागि डार्विन नुनेज र मोहमद सालाहले १-१ गोल गरे ।

खेलको ३२औं मिनेटमा मिट्रोभिकले गोल गर्दै फुलहामलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६४औं मिनेटमा नुनेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

७२औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मिट्रोभिकले टोलीलाई पुनः अगाडि ल्याए । तर ८०औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुलको हार टारे ।

बराबरीपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय