प्रिमियर लिगको नयाँ सिजन सुरु, आर्सनलको विजयी सुरुवात

काठमाडौं, २१ साउन । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आज रातिदेखि सुरु भएको छ । नयाँ सिजनअन्तर्गत गएराति भएको खेलमा आर्सनलले जीत हासिल गरेको छ ।

आर्सनलले क्रिस्टल प्यालेसलाई २-० गोलअन्तरले हराएको हो । आर्सनलको जीतमा ग्याब्रियल मार्टिनेलीले १ गोल गरे भने एक गोल उपहार पाएको थियो ।

खेलको २०औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर ८५औं मिनेटमा प्यालेसका मार्क गेहीका तर्फबाट आत्मघाती गोल भएपछि आर्सनल २ ० ले विजयी भयो ।

जीतसँगै आर्सनलले ३ अंक जोड्न सफल भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय