मंसिर ४ गते आम निर्वाचन
काठमाडौं, १८ साउन । निर्वाचन आयोगले आगामी मंसिरमा एकै चरणमा आम निर्वाचन गर्नका लागि सरकारलाई मिति तोक्न बारम्बार आग्रह गरेसँगै सत्ता गठबन्धन दलबीच मोटामोटी सहमति बनेको छ ।
सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रीपरिषदबाट निर्णय गर्नुपर्ने भएकोले भोलि बस्ने मन्त्रीपरिषद बैठकले आगामी मंसिर ४ गते आइतबार निर्वाचन गर्ने गरि मिति तोक्ने सत्तारुढ दलबिच सहमति भएको बुझिएको छ ।
ज्योतिष विद्यामा विश्वास गर्ने प्रधानमन्त्री देउवालाई ज्योतिषले पनि मंसिर ४ गते निर्वाचनको मिति तोक्न सिफारिस भए राम्रो हुने भन्ने सन्देश पहिल्यै दिएको बुझिएको छ ।
ज्योतिष विज्ञानकै आसमा देउवा चुनाव जितेर छैटौंपटक प्रधानमन्त्री बन्ने दाउमा छन् । उनलाई ज्योतिषले ७ पटक नेपालको प्रधानमन्त्री बन्ने भनेर भविष्यवाणी गरेका थिए ।