स्तरोन्‍नतिका लागि मनकामना केबलकार ६ हप्ता बन्द हुने

चितवन, १७ साउन । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामनासम्म पुग्‍ने केबलकार सेवा साउन २३ गतेदेखि केही हप्ताका लागि बन्द हुने भएको छ ।

केबलकारको स्तरोन्‍नतिका लागि ५ देखि ६ हप्ता समय लाग्‍ने भएकाले सोही कार्यका लागि केबलकार सेवा बन्द हुने भएको हो ।

मनकामना केबलकारले सूचना जारी गर्दै केबलकारलाई एनालगबाट डिजिटल प्रणालीमा लैजान अस्ट्रियाबाट प्राविधिक आउने जनाएको छ ।

यसबाट यात्रुवर्ग एवम् श्रद्धालु भक्तजनमा पर्न गएको असुविधाप्रति केबलकारले क्षमायाचना गरेको छ ।

हेर्नुस् सूचनाः

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय