पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
चितवन, १७ साउन । लगातारको वर्षापछि खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

केराबारीमा लेदोसहितको पहिरो खसेको छ भने १७ किलोमा रुख समेत ढलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।