करेन्ट लागेकी भाउजू छुटाउन खोज्दा देवर-देवरानीको ज्यान गयो
दाङ, १७ साउन । दाङमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । दाङको राप्ती गाउँपालिकामा भएको उक्त घटनामा एकजना सामान्य घाइते छन् ।
करेन्ट लागेकी भाउजूलाई छुटाउन खोज्दा देवर र देउरानीको मृत्यु भएको हो र भाउजू भने सामान्य घाइते छिन् ।
कपडा सुकाउने क्रममा खम्बामाथिबाट बिजुली प्रवाह भएर भाउजू भिमा गाहालाई करेन्ट लागेको थियो ।
उनैलाई छुटाउने क्रममा देवर बासु गाहा र देवरानी हिमा गाहाको करेन्ट लागेर ज्यान गएको हो ।
शव पोस्टमर्टमका लागि लमही अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय अस्पतालमा उपचारपछि सोमबार बेलुका भाउजूलाई भने डिस्चार्ज गरिएको छ ।