पक्राउ पूर्जी जारी भएपछि विप्लवले भने- हातमा दही जमाएर बस्दैनौं

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र अन्य नेताविरुद्ध पक्राउ पूर्जी जारी गरिएपछि नेकपाले त्यसको प्रतिक्रिया दिएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाले सरकारले तीन बुँदे सहमति पालना नगरे हातमा दही जमाएर नबस्‍ने चेतावनी दिएको हो ।

ललितपुर जिल्ला अदालतले पार्टी महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, दयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पक्राउ पुर्जीजारी गरेपछि उक्त दलले सरकारी कदमको विरोध गर्दै चेतवानी दिएको छ, ‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन र यसवाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’

प्रवक्ता प्रकाण्डद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘राज्यका सञ्चालकहरुले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ ।’

विज्ञप्ति हेर्नुहोस्ः

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय