भारतबाट घटेर आयो इन्धनको मू्ल्य, नेपालमा घट्ला ?

काठमाडौं, १६ साउन । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमलाई सोमबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल र हवाई इन्धनको मूल्यमा निगम नाफामा गएको छ भने डिजेल र खाना पकाउने ग्याँसमा अझै घाटा रहेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ घटेर मूल्य प्राप्त भएको छ । यस्तै डिजेलमा १२ रुपैयाँ र हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर मूल्य घटेको छ । खाना पकाउने एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य ७८ रुपैयाँ घटेर आएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ भने डिजेलमा ९ रुपैयाँ ५० पैसा अझै घाटा छ । यस्तै एलपी ग्याँसमा ५ सय रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको बताइन्छ ।

नयाँ मूल्यपछि पछिल्लो १५ दिनमा निगमलाई समग्रमा ६४ करोड रुपैयाँ घाटा रहेको भन्दै निगमले उपभोक्ता मूल्य घट्ने/नघट्ने बारे बोर्ड बैठकले निर्णय गर्ने जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय