शेखरलाई कोरोना संक्रमण

काठमाडौं, १५ साउन । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालालाई कोरोना संक्रमण देखिएको छ । शनिबार विहान गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो ।

ज्वरो आउने र वान्ता हुनेजस्ता समस्या देखिएका कोइराला विहान करिब ५ बजेदेखि बिरामी परेका थिए ।

संक्रमणपश्‍चात् उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।

उनी हालै मधेश प्रदेशका विभिन्‍न जिल्लामा आयोजित भेला तथा अन्तर्क्रियाहरूमा सहभागी भई काठमाडौं फर्केका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय