मंसिर ४ मा निर्वाचन पक्का: प्रवक्ता महत

काठमाडौं, १४ साउन । नेपाली कांँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदो मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्कापक्की भएको बताएका छन् ।
नेपाल प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले मंसिर ४ गते नै निर्वाचन हुने पक्का भएको बताएका हुन् ।
सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने उनको भनाइ थियो ।
यस्तै, उनले नेपाली काँग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा धेरै चासो हुने गरेको उल्लेख गर्दै त्यस्ता कुराले मूल लक्ष्यबाट टाढा भइने बताए ।
महतले आफ्नो आकांक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।

