‘पानीफोटो’ आजदेखि प्रदर्शनमा
काठमाडौं, १३ साउन । खगेन्द्र लामिछाने निर्देशित चलचित्र ‘पानीफोटो’ शुक्रबारदेखि देशभरका हलहरुमा प्रदर्शनमा आएको छ ।
चलचित्रले माओवादी जनयुद्धमा हराएका छोरालाई खोज्न हिँडेका बाआमाको संघर्षको कथा बोकेको छ ।
यस चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरेलगायतको मुख्य भूमिका रहेको छ ।
चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट समेत पाएको छ र चलचित्र सबै उमेरका दर्शकले हेर्न पाउने छन् ।