थप ७१० जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु
काठमाडौं, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५४१ जनाको पीसीआर परीक्षण गर्दा ५२४ जना र २४८४ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जना गरी कुल ७१० जनामा संक्रमण देखिएको हो ।
त्यसैगरी संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ भने संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९६२ पुगेको छ ।
कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २३६ पुगेको छ भने कुल संक्रमितको संख्या ११ लाख २७ हजार ५४९ पुगेको छ ।
थप २ सय १५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ ।