भदौदेखि बञ्‍चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा

काठमाडौं, १२ साउन । काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल र बञ्‍चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।

गएको जेठ महिनामा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै बिहीबार पत्रकार सम्मलेन गरेर आउँदो भदौ १ गतेदेखि काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरिएको हो ।

महानगरले सम्झौताअनुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्‍चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको बञ्‍चरेडाँडा सरोकार समितिको भनाइ छ ।

सरकारसँग भदौ १ देखि फोहोर फाल्ने भए जम्मा दुई वटा मात्रै विकल्प रहेको र जसमा मानव बस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्र मध्ये सरकारले एउटा मात्रै छान्‍न पाउने उनीहरुले बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • २०८२ को चुनावले दिएका केही कुराहरु

    नेपालमा गत २१ फागुनमा सम्पन्न भएको संसदीय निर्वाचनमा रास्वपाको एक प्रकारले ल्याण्ड स्लाइड भिक्ट्री झण्डै दुई–तिहाई बहुमतले...

  • १३ गते नयाँ प्रधानमन्त्री !

    काठमाडौं । देशले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। यसपटक नेपालले विश्वकै कान्छो प्रधानमन्त्री पाउनेछ। कुनै अप्रत्याशित...