भदौदेखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा
काठमाडौं, १२ साउन । काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।
गएको जेठ महिनामा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै बिहीबार पत्रकार सम्मलेन गरेर आउँदो भदौ १ गतेदेखि काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरिएको हो ।
महानगरले सम्झौताअनुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको बञ्चरेडाँडा सरोकार समितिको भनाइ छ ।
सरकारसँग भदौ १ देखि फोहोर फाल्ने भए जम्मा दुई वटा मात्रै विकल्प रहेको र जसमा मानव बस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्र मध्ये सरकारले एउटा मात्रै छान्न पाउने उनीहरुले बताएका छन् ।