आइसिसीको वरियतामा नेपालको स्थान यथावत्

काठमाडौं, १२ साउन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत् स्थानमा रहेको छ ।

आइसिसीले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १९औं स्थानमा यथावत् रहेको हो । एकदिवसीय क्रिकेटमा पछिल्लो समयमा नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन ।

नयाँ वरियताअनुसार न्यूजिल्यान्ड पहिलो स्थानमा रहेको छ भने इंग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अस्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ ।

यसैगरी दक्षिण अफ्रिका छैटौं, बङ्गलादेश सातौं, श्रीलङ्का आठौं, वेष्टइन्डिज नवौं तथा अफगानिस्तान दशौं स्थानम रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय