एक सातापछि उठेको फोहोर बोकेको गाडी बञ्चरेडाँडाका स्थानीयले रोके
काठमाडौं, १२ साउन । काठमाडौं महानगरपालिकामा एक सातापछि उठेको फोहोर बोकेको गाडी बञ्चरेडाँडाका स्थानीयवासीले रोकेका छन् ।
नगर प्रहरीकाअनुसार फोहोर बोकेर बञ्चरेडाँडातर्फ गइरहेका करिब ६० वटा गाडी गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लामो लाइन लागेको छ ।
बञ्चरेडाँडा जाने सडक निर्माण कार्य सुरु गरिएकाले काठमाडौं महानगरपालिकाले एक हप्तादेखि फोहोर उठाएको थिएन ।
आजदेखि फोहोर उठाउन सुरु गर्ने भन्दै सूचना जारी गरिएको थियो र सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरु बञ्चरेडाँडातर्फ लागेका थिए ।
स्थानीयवासीले सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गरेका छन् ।