पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता
पोखरा, १२ साउन । कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।
‘लोकसंस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो ।
तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानका सचिव एवं कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु ६ लाख, द्वितीय हुनेले रु चार लाख, तृतीय हुनेले रु दुई लाख तथा सान्त्वना हुने समूहले रु एक लाख पुरस्कार पाउनेछन् ।
उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई रु ५० हजारका दरले पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिए । कार्यक्रमबाट रु ५५ लाख आम्दानी हुने आयोजक संस्थाले जनाएको छ ।
एक समूहमा महिला र पुरुष एक-एक गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकले नै गनुपर्ने छ ।