यस्ता बानीका कारण तपाइको मृगौला बिग्रिन सक्छ

मृगौलासम्बन्धी रोग र मृगौला फेल हुने समस्या अहिले पूरै विश्‍वमा नै तीव्र रुपमा फैलिएको छ । हरेक वर्ष १ लाख भन्दा बढी मानिसहरुको मृगौला फेल भएर मृत्यु हुने गरेको छ । यस्तोमा मृगौलाको रोग देखा पर्नासाथै डायलाइसिस गरिहाल्नुपर्छ ।

मृगौला खराब हुने कारणहरुमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु नै पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि मृगौलामा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको नै उचित हुन्छ ।

त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

पानी कम पिउने

यदि रोग अत्याधिक बढेर गम्भीर अवस्थामा पुगेमा मृगौला प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ । यसको मुख्य कारण तपाईको पानी कम पिउने बानी पनि हो । पानी कम मात्रामा पिउने व्यक्तिलाई मृगौला सम्बन्धी रोग लाग्‍ने सम्भावना अत्याधिक हुन्छ ।

पानी कम पिउँदा मूत्रनलीमा संक्रमण हुने खतरा अधिक हुन्छ । जसले पोषक तत्वहरु मूत्रनलीमा पुगेर पिसाबलाई थुन्‍न सक्छ । साथै यसका कारण मृगौलामा पत्थरी हुने खतरा समेत बढेर जान्छ । त्यसैकारण दिनमा कमसेकम २ लिटर पानी अनिवार्य पिउने गर्नुपर्छ ।

विहान पिसाब नफेर्नु

रातभरिमा पिसाबथैलीभरि पिसाब जम्मा भएको हुन्छ जसलाई उठ्ने बितिक्कै खाली गर्न जरुरी हुन्छ । तर पनि कतिपय मान्छेहरु अल्छी गर्ने बानी भएका कारण उठ्न अल्छी गरेर पिसाबै नफेरी बस्‍ने गर्छन् ।

धेरै समयसम्म त्यसरी पिसाब रोकेर राख्दा यसले भविष्यमा मृगौलामा ठूलो समस्या देखा पर्ने खतरा हुन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय