दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ घाइते
नवलपुर, ११ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वमा भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
कञ्चनपुरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस नवलपुरको दाउन्नेमा सडकछेउमा पल्टिएपछि आगलागी समेत भएको थियो ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले चितवनको भरतपुर अस्पतालमा पठाइएको छ । अन्य घाइतेहरुको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।
बसभित्र तार शर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।