फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी, ११ साउन । फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । डोलोरेस आसपासको क्षेत्रलाई केन्द्र बनाएर ७.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

राजधानी मनिलामा समेत भूकम्पको कडा धक्का महसुस गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । धक्का ताइवान, जापानलगायतका देशमा पनि महसुस गरिएको थियो ।

अमेरिकी भौगर्भिक सर्वे (युएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ ।

भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय