एसिड छ्याप्छु भन्दै प्र्यांक भिडियो बनाउने व्यक्ति पक्राउ

नवलपुर, ११ साउन । बाटोमा हिँडिरहेकी महिलालाई एसिड छ्याप्छु भन्दै प्र्यांक भिडियो बनाउने व्यक्ति साइबर ब्यूरोको फन्दामा परेका छन् ।

महिलाहरुसँग गरगहना र पैसा माग्‍ने र नदिएमा एसिड छ्याप्‍ने धम्कीसहित ‘प्र्यांक’ भिडियो बनाउने युवक नवलपुरबाट पक्राउ परेका हुन् ।

नवलपुरकै हुप्सेकोट गाउँपालिका-३ गिरुवारी बस्‍ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले ‘बदमास केटा’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएको र प्र्यांक भिडियो बनाउने गरेका थिए ।

बाटोमा हिँडिरहेकी महिलालाई रोकेर साथमा भएको पैसा, मोबाइल र गरगहना माग्दै ‘नदिएमा एसिड हान्छु’ भनेर तर्साएका थिए । उनको व्यवहारकाे चौतर्फी आलोचना भएको थियो ।

उनलाई हिजो कावासोती बजारबाट पक्राउ गरिएको र काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय