विषाक्त रक्सीको सेवनबाट सातको ज्यान गयो

एजेन्सी, १० साउन । भारतमा विषाक्त रक्सीको सेवनबाट कम्तिमा सात जनाको मृत्यु भएको छ । गुजरात राज्यको बाटोड जिल्लामा उक्त घटनापछि १० जना भने बिरामी परेर अस्पताल भर्ना गरिएको छ ।

अस्पतालमा भर्ना भएका एक बिरामीकी श्रीमतीले बताएअनुसार उनका पतिले शनिबार राति रक्सी सेवन गरेको र त्यसको केही समयमा नै उनको स्वास्थ्य बिग्रन थालेको थियो।

गुजरातका प्रहरी महानिर्देशक आशिष भाटियाका अनुसार नक्कली र लोकल रक्सी बेच्‍ने व्यवसायमा संलग्‍न तीन रक्सी तस्करलाई पक्राउ पनि गरिएको छ ।

यसअघि आइतबार राति पनि एक मदिरा पसलबाट नक्कली मदिरा किनेर खाएका १५ जना बिरामी परेका थिए ।

उनीहरूको हाल स्वास्थ्यमा सुधार हुँदै गएको बिबीसीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय