चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी
काठमाडौं, १० साउन । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नायक भुवन केसी नियुक्त भएका छन् । अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै उनी अध्यक्ष नियुक्त भएका हुन् ।
हिजोको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनी अध्यक्ष हुनकै लागि केही समय अगाडि मात्रै नेपाली काँग्रेस प्रवेश गरेका थिए ।
बोर्डको अध्यक्ष पदका लागि केसीसहित १० जना दाबेदार थिए । केही दिन अगाडि सार्वजनिक गरिएको १० जनाको सूचीबाट सरकारले केसीलाई अध्यक्ष नियुक्त गरेको स्रोतले जनायो ।
अध्यक्ष दावी गर्नेमा केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छनोट गरेको थियो ।