सिन्धुपाल्चोक केन्द्र भएर एकाविहानै भूकम्प
काठमाडौं, ९ साउन । सिन्धुपाल्चोकमा एकाविहानै भूकम्प गएको छ । विहान करिब ६ बजेर ७ मिनेटमा कम्पन महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासका अन्य जिल्लामा महसुस गरिएको थियो ।
भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।