आज साउनको दोस्रो सोमबार, विहानैदेखि शिवालयमा घुँइचो

काठमाडौं, ९ साउन । साउन महिनाको दोस्रो सोमबार आज पनि देशका विभिन्‍न शिवालयहरुमा विहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।

काठमाडौंको पशुपतिनाथ, तनहुँ, चितवन र नवलपुरको सीमामा रहेको देवघाटधाम, पोखराको केदारेश्‍वर मन्दिरलगायतका देशका अन्य स्थानमा पनि विहानैदेखि भक्तजनहरुको भीड छ ।

देवघाटधाममा बोलबम मेलाको आयोजना गरिएको छ । मेला विहान ४ बजेदेखि दिउँसो २ बजेसम्म चल्न‍े छ ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

यस वर्ष साउनमा पाँचवटा सोमबार परेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय