पाल्पामा बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु

पाल्पा, ८ साउन । पाल्पामा बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् ।

गुल्मीबाट बुटवल जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार साँझ करिब ५ बजेतिर सडकबाट करिब ३०० मिटर तल खसेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय