तीन किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा फेला

झापा, ८ साउन । झापाको केचनाकवल गाउँपालिका–५, बेल्ले गाउँमा एउटै रुखमा तीन जना किशोरी झुण्डिएको अवस्थामा फेला परेका छन् ।

आइतबार विहान करिब ७ बजेको समयमा स्थानीय चिया बगानभित्र रहेको एक रूखमा झुण्डिएको अवस्थामा १६ वर्षीया दुई किशोरी तथा १७ वर्षीया एक किशोरीको शव भेटिएको हो ।

चिया बगानमा मजदुरी गर्दै आएका उनीहरु शनिबारदेखि बेपत्ता रहेको बताइएको छ । रातिसम्म पनि खबर नआएपछि प्रहरीलाई खबर गरिएको र विहान बगानमा काम गर्नेले शव देखेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको छ  भने प्रारम्भिक अनुसन्धानबाट आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय