आर्सनलले चेल्सीलाई हरायो

काठमाडौं, ८ साउन । प्रिमियर लिगको प्रि सिजन मैत्रीपूर्ण खेलमा आर्सनलले चेल्सीमाथि जीत हासिल गरेको छ । फ्लोरीडा कप भनेर समेत नाम दिइएको आइतबार विहान सम्पन्‍न खेलमा आर्सनल ४-० ले विजयी भएको हो ।

आर्सनलको जीतमा यसै सिजन म्यान्चेस्टर सिटीबाट आएका गाब्रियल जेसस, मार्टिन ओडेगार्ड, बुकायो साका र साम्बी लोकोङ्गाले १-१ गोल गरे । दुवै हाफमा २-२ गोल भएका थिए ।

खेलको १५औं मिनेटमा जेससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ३६औं मिनेटमा ओडेगार्डले टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६६औं मिनेटमा साकाले गोल गरेपछि आर्सनल ३ ० ले अघि बढ्यो । इन्ज्युरी समयको दोस्रो मिनेटमा लोकोङ्गाले गोल गर्दै ४-० को जीत पक्का गरे ।

प्रिमियर लिगको नयाँ सिजन आउँदो अगस्ट ६ देखि सुरु हुँदै छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय