आइतबार केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं, ८ साउन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको छ ।
अहिले लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केही भूभागमा सामान्य देखि पूर्ण बदली रही मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।